३ जना नेपाली बालिका बलात्कार गर्ने अमेरिकी पक्राउ


काठमाडौं – नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ पक्राउ परेका छन् । नेपाल प्रहरीको सिआइबीको टोलीले ४० वर्षका जासन लोर्ड मुडिलाई पक्राउ गरेको हो ।

उनले आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट तीन बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका थिए । प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ जना बालिकाको उद्धार गरेको छ ।

उनी वाल यौन दुराचार जस्तो जघन्य अपराधमा संलग्न रहेको समेत खुल्न आएको एसपी वेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement