फोब्र्सको धनी सेलिब्रेटीको सूचीमा सलमान र अक्षय


संसारको सबैभन्दा लोकप्रिय म्यागजिन फोब्र्सले दुनियाँका सबैभन्दा धनी सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीको अग्रस्थानमा अमेरिकी मुक्केवाज फ्लोयड मेवेदर छन् । उनको कमाइ २८ दशमलव ५ करोड डलर छ । हलिउड अभिनेता जार्ज क्लुनी २३ दशमलव ९ करोड कमाइका साथ दोस्रो स्थानमा छन् ।

१६ दशमलव ६ करोड डलरका साथ हलिउड मोडल काइली जेनर तेस्रो स्थानमा छिन् भने वकिल जुडी शेंडलिन १४ दशमलव ७ अमेरिकी डलरसहित चौथो स्थानमा छिन् । अभिनेता ड्वेन जोनसन १२ दशमलव ४ करोड डलरसहित पाँचौं स्थानमा छन् ।

फोब्र्सले सार्वजनिक गरेको टप १ सयको सूचीमा बलिउडका दुई भाग्यमानी कलाकार सलमान खान तथा अक्षय कुमार पनि अटाएका छन् । अक्षयको कमाइ ४ दशमलव ०५ करोड डलर छ भने सलमानको कमाई ३ दशमलव ७७ करोड डलर छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement