रुपज्योति पक्राउ प्रकरणः पीडितले दिए जाहेरी फिर्ताको निवेदन


काठमाडौं – व्यवसायी रुपज्योति कंसाकारविरुद्ध ठगीको उजुरी दिएका विगेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ताका लागि निवेदन दिएका छन् । यसअघि आफूलाई ठगी गरेको भन्दै मल्लले प्रहरीमा दिएको जाहेरीका आधारमा हाल रुपज्योति प्रहरी हिरासतमा छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले मल्लले उजुरी फिर्ताको लागि निवेदन दिएको जानकारी दिए ।

पीडित भनिएको व्यक्तिले नै जाहेरी फिर्ता लिन निवेदन दिइसकेपछि रुपज्योतिविरुद्ध मुद्दा चल्ने सम्भावना कम छ ।

प्रहरीले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । अनुसन्धानका लागि भन्दै प्रहरीले समय मागेपछि जिल्ला अदालत काठमाडौंले अनुसनधानका लागि पहिलो पटक ३ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement