पूर्वमन्त्री रुपज्योतिकी छोरीसमेत पक्राउ


काठमाडौं – पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योतिकी छोरीसमेत पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर प्रहरीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

अध्यक्ष रुप ज्योतीलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो ।

नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप ज्योतिले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको थियो । त्यसैका आधारमा गत वर्षको मंसिर २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

तर, ज्योति समूहले सर्वच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउका लागि बाटो खुलेको थियो ।

उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement