बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म : सभामुख महरा


काठमाडौँ- सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताएका छन् । प्रथम मारवाडी महोत्सवको आज शुभारम्भ गर्दै उनले विविधतामा नै एकता नेपालको सुन्दरता रहेकाे बताए ।

सभामुख महराले औद्योगिक व्यवसायलाई प्रवद्र्धन गर्न मारवाडी समुदायको पनि भूमिका रहेको चर्चा गर्दै मानवीय सेवाका क्षेत्रमा मारवाडी समुदायको निरन्तर सहयोगले विपन्न वर्गको उत्थान भइरहेको विचार व्यक्त गरे ।

झापा मारवाडी समाजद्वारा आयोजित सो समारोहमा उनले मारवाडी गौरव सम्मानबाट प्रा डा जगदीश अग्रवाल, विनोद चौधरी, ओमप्रकाश सारवी, दिनबन्धु गोयललगायतलाई सम्मानित गरेका थिए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतको आर्थिक समृद्धिमा मारवाडी समुदायको उल्लेखनीय योगदान रहेको चर्चा गरे ।सो महोत्सवमा मारवाडी समुदायका वेशभूषा, रहनसहन, खानपिन झल्किने प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement