सडकपेटीबाट पैदलयात्री हिड्न पाउने दिन कहिले आउँछ सरकार ?


अनुसा थापा
भक्तपुर – काठमाण्डुको साघुरो सडक त्यही माथी सवारी पार्किङ गर्दा पैदलयात्रीहरुले सास्ती भोग्नुपरेको छ । पैदलयात्री हिड्न बनाइएका सडकपेटीमा कहिँ ब्यापारिक सामान तेर्साइएको छ भने अधिकाम्स स्थानमा पार्किङ गरिएको देखिन्छ । जसका कारण पैदलयात्रीहरु सडकका सवारीहरुसंगै ठोक्किदै र ठेलिदै यात्रा गर्न बाध्य छन् ।

यात्रुहरुको चापका कारण सवारी आवागमनमा समेत प्रभाव परेको छ । दुई पांग्रे सवारीको संख्या धेरै हुँदा सडक बढी ब्यस्त देखिन्छ भने पार्किङमा समेत दुई पांग्रे बढी देखिन्छ । सार्वजनिक सवारीमा चाप बढी र भनेको समयमा यात्रा गर्न नपाएपछि निजी सवारी तर्फआकर्षित हुने गरेको हामी सबैलाई थाहै छ । अफिस समयमै पुग्नुपर्ने अर्को तर्फ सडकमा जाम र सार्वजनिक सवारीमा भोग्नुपर्ने व्यवहारका कारण कतिपय नागरिक निजी सवारीतर्फ आकर्षित हुने गरेका छन् । निजीमा पनि मोटरसाइकल सहज र आर्थीक शिसावले पनि कम खर्चिलो भएकाले मोटर साइकल चढ्नेको संख्या बढी छ ।

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार देशैभर झण्डै चालिस लाख सवारी साधन दर्ता भएका छन् । ती मध्येमा २९ लाख त मोटरसाइकल मात्र छन् । करिब १६ लाख निजी प्लेटका दुई पाङ्गे्र त बागमती प्रदेशस्थित यातायात कार्यालयमा दर्ता छ । एक लाखचाँहि कार र सार्वजनिक यातायात दर्ता छन् । रुप नारायण भट्टराई यातायात व्यवस्था विभागको महानिर्देशक छदा उपत्यकाभित्र दुईपांग्रे्रे सवारी निषेध गर्ने निति बनाएका थिए ।

भट्टराईले २०७३ सालमा उनले टिप्पणी उठाएर यातायात मन्त्रालय पठाइसकेका थिए । तर, अटोशोरुमहरुले अर्थ मन्त्रीलाई भेटेर यो निर्णय कार्यान्वयनमा नल्याउन विभिन्न रणनिति अपनाए । राज्यको ढुकुटीमा राजस्व आउदैन भनेर अटोशोरुम सञ्चालकहरुले अर्थमन्त्रीलाई फकाए । सार्वजनिक सवारीमा सिण्डिकेट हटाएर जनतालाई सहज दिने भनेपनि बिचौलियाहरु सल्बलाउदा उक्त निति कार्यान्यन हुनै सकेन । यातायात क्षेत्रमा खुल्ला प्रतिस्पर्धा गराउन र जनतालाई सेवासुविधा दिन भट्टराईले निकै प्रभावकारी कदम अघि बढाएका थिए । निजी प्लेटको कार र दुई पाङ्गे्र सवारीको दर्ता बन्द गर्ने भनिएको थियो । यसले ट्राफिक व्यवस्थापन गर्न निकै सहज हुने देखिन्थ्यो । निजी प्लेटका सवारी साधन धेरै हुँदा ट्राफिक प्रहरीलाई नै ट्राफिक व्यवस्थापन गर्न धाैं धौं परेको छ ।

अधिकांशलाई दुई पाङ्गे्र सवारी साधन खेलाइची जस्तो लाग्छ । सडकको स्थिति र सर्वसाधारणको चापलाई ध्यानमा नराखी दुई पाङ्गे्र सवारी साधन चलाउँछन् । जसले गर्दा मोटरसाइकल दुर्घटनाले व्यापकता पाएको छ । दुई पाङ्गे्र सवारी साधनबाट राज्यलाई फाइदा छैन् । दुई पाङ्गे्र सवारी साधनले प्रदुषण चेक गर्नपर्दैन् भने रोडपरमिटको पैसा पनि राज्यलाई तिर्नपर्दैन् । फुटपाथ भरि दुई पाङ्गे सवारी साधन तेस्याएर राखेको हुन्छन् । मान्छेहरु सडकको बिचबाट ओहोरदोहोर गर्छन् । तैपनि महानगरको यसतर्फ ध्यान जादैन् ।

सर्वसाधारणलाई हिड्न रोक लगाएर महानगरले मोटरसाइकल पार्किड. गर्न दिएको छ । सामान किन्ने जाने मानिसहरुको पार्किङ स्थल नै सडक बन्न पुगेको छ । सामान किन्न आउने सवारी बिच बाटोमा रराखेपछि पैदलयात्री कहाँबाट हिड्ने भनेर अलमल पर्छन् ।महानगरपालिका र ट्राफिक महाशाखाले फुट्पाथमा पार्किङ गरेर राखेका सवारी साधन उठाएर लानपप्यो । फुट्पाथमा पार्किङ गरेर राखेका सवारी साधन उठाएर लगेपछि हजार रुपिँया लिएर छाड्ने नितिले सवारी धनी छाडा भएका छन् । यसलाई बढाएर पन्ध्र हजार पुप्याउनुपर्छ अनि मात्र मानिसहरुलाई चेत आँउछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement