पहिलो पटक फिल्ममा संगै देखिंदै सलमान र दीपिका


मुम्बई – दीपिका पादुकोण र सलमान खानको जोडी आजसम्म कुनै पनि फिल्ममा एकसाथ देखिएको छैन । दीपिकाले धेरै पटक सलमानसँग फिल्म खेल्ने मनसाय व्यक्त गरेकी भए पनि सलमानले अहिलेसम्म यस विषयमा ध्यान दिएका थिएनन् ।

धेरै पटक दीपिकालाई पनि सलमानको फिल्ममा रोल आकर्षक लागेन । तर अब यो जोडी पहिलो पटक देखिने भएको छ ।सञ्जय लीला भन्सालीका लागि दीपिका निकै महत्वपूर्ण  छिन् ।

दी‍पिकाले आफ्नो करियरका तीन महत्वपूर्ण फिल्महरू, ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ सञ्जय लीला भन्सालीको निर्देशनमा गरेकी थिइन् । यी फिल्ममा सञ्जयले उनलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरेका थिए ।

अहिले भन्साली ‘इंशा अल्लाह’ नामक फिल्म बनाउँदै छन् । फिल्मको शीर्षक दर्ता भइसकेको छ । भन्सालीले यो फिल्म सलमान खानसँग बनाउन थालेका हुन् । सलमानलाई पनि स्क्रिप्ट मन परेको छ ।

अहिले सलमान ‘भारत’ नामक फिल्ममा व्यस्त छन् । यसपछि उनी ‘दबंग–३’ को छायांकनमा व्यस्त हुनेछन् । त्यसपछि ‘इंशा अल्लाह’ को छायांकन हुनेछ ।

यो फिल्ममा दीपिका पादुकोण नायिका हुनेछन । सलमान र दीपिकाको जोडी फिल्ममा देख्न पाइनेछ । पहलो पटक दर्शकले यो जोडी देख्न पाउने भएका हुन् । भन्साली र सलमानले ‘खामोशी’, ‘हम दिल दे चुके सनम’ र ‘साँवरिया’ एकसाथ गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement