भोलि बस्ने संसद बैठकको कार्यसूची तयार


काठमाण्डु – संसद सचिवालयले भोलि बिहीबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तयार पारेको छ । बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

सचिवालयले आज सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ ।

त्यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

त्यसैगरी, सो बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगको निधनमा श्रद्धाञ्जलि व्यक्त गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement