चार जना सांसदले छोडे नेपाल पक्षको साथ


काठमाण्डु – नेकपा एमालेका चार जना संघीय सांसदले माधव नेपाल समूहबाट बाहिरिएका छन् ।

नेपाल पक्षले पार्टी एकताविरुद्ध गतिविधि गरेको भन्दै सुर्खेतका ध्रुवराज शाही, दैलेखका राजबहादुर बुढा, पार्वती विशुंखे र मुगुका गोपाल बमले मूल पार्टी एमालेमा फर्किने निर्णय गरेका हुन् ।

‘हामी पार्टी एकताको पक्षमा छौं । उहाँहरु(माधव नेपाल पक्ष)ले पार्टी एकताविरोधी गतिविधि गर्नुभएकाले हामीले यस्तो निर्णय लिएका हौं’, काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भने ।

सांसद शाहीले प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै आफुहरु मूल पार्टीमा फर्किएको बताए । उनीहरुले माधव नेपाललाई भेटेर यसबारे औपचारिक रुपमा जवाफ दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement