सामसुङ मोवाइलको १५ औं सेवा केन्द्र बि.जी मल बालाजुमा सुरु


काठमाडौं – नेपालका लागि सामसुङ मोवाइलको आधिकार विक्रेता आइ एम एस केयरले आफ्नो १५ औं सेवा केन्द्र बि.जी मल बालाजुमा सोमबारबाट सुरु गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी सेवा केन्द्रको ग्रुपका अध्यक्ष दिपक मल्होत्रा र प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले उद्घाटन गरेका छन् ।

केन्द्रको उद्घाटन गदैै ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” । नेपालभरी १४ ओटा सेवा केन्द्र रहेको सामसुङको यो १५ औ सेवा केनद्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement