सञ्जय दत्त कमब्याक


बलिउडका चर्चित नायक सञ्जय दत्त पुनः चलचित्रमा देखिएका छन् । चार वर्ष लामो जेल जीवनपछि उनी पहिलोपटक चलचित्रमा देखिएका हुन् । उनले बलिउडमा मुन्नाभाइका नाममा पनि निकै ख्याति कमाएका छन् । उनले भूमी नामक चलचित्रमार्फत बलिउडमा कमब्याक गरेका हुन् । शुक्रबार पोष्टरमार्फत सञ्जय दत्त फिल्ममा कमब्याक गरेको जानकारी दिइएको हो ।

 

 

चलचित्रमा उनले नायिकाको बुवाको भूमिका निर्वाह गर्नेछन् । छोरीको बलात्कृत संलग्नलाई सजाय दिने दमदार बुवाको भूमिकाका फिल्ममा संजय देखिने बताइएको छ ।

 

 

सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उनीमाथि हतियार सप्लाई गरेको आरोप लागेको थियो । जसका कारण जेल परेका थिए । जेल परेको चार वर्षपछि सन् २०१६ मा उनी सजाय काटेर बाहिर निस्किएका थिए ।

 

 

५८ वर्षीय संजय दत्तको कमब्याक सिनेमाको निर्देशन ओमुङ कुमारले गर्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस
Advertisement