सन्नी देवल र अमीषा पटेल १२ वर्षपछि एकसाथ


एजेन्सी – अभिनेता सन्नी देवलले मंगलबार उनको फिल्म ‘भैय्याजी सुपरहिट’ को पहिलो पोस्टर सार्वजनिक गरेका छन । एक्सनले भरपुर यो फिल्म १९ अक्टोबर २०१८ मा सार्वजनिक हुनेछ ।

सन्नीले आफ्नो ट्विटरमार्फत ‘केवल तपाईँहरुका लागि यो हो ‘भैय्याजी सुपरहिट’ को पहिलो झलक’ भन्दै फिल्मको पोष्टर सार्वजनिक गरेका छन् । झण्डै १२ वर्षअघि यो जोडीले चर्चित फिल्म ‘गदर एक प्रेम कहानी’ मा सँगै काम गरेको थियो ।

सन्नी देवलको यस नयाँ फिल्ममा अमीषाका साथै अभिनेत्री प्रीति जिन्टा पनि रहेकी छिन् । नीरज पाठकको निर्देशन रहेको यस फिल्ममा अरसद वारशी, श्रेयस तलपडे र सञ्जय मिश्राको पनि मूख्य भूमिका रहेको छ ।सन्नी देवलको यस नयाँ फिल्ममा अमीषाका साथै अभिनेत्री प्रीति जिन्टा पनि रहेकी छिन् ।

नीरज पाठकको निर्देशन रहेको यस फिल्ममा अरसद वारशी, श्रेयस तलपडे र सञ्जय मिश्राको पनि मूख्य भूमिका रहेको छ । बलिउडमा धेरैजसो गम्भीर भूमिका निर्वाह गरेका सन्नी देवल पछिल्लो केही वर्ष यता कमेडी फिल्ममा काम गरिरहेका छन् । सन्नीको अर्को फिल्म ‘यमला पगला दीवानाः फिर से’ छिट्टै प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement