सुरक्षा परिषदको बैठक: विप्लव समूहको प्रतिबन्ध हटाउनेबारे छलफल


काठमाण्डु – राष्ट्रिय सुरक्षा परिषद् बैठक सकिएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार (आज) बिहान बसेको सुरक्षा परिषदको बैठक केही बेरअघि सकिएको हो ।

बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षा, प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेलगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।

‘बैठकले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ’, बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी थिए ।

नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।

सोमबार(हिजो) प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो । सोही भेटपछि सुरक्षा परिषद् बैठक तय भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement