प्रविधि

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान – सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए-नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो ।

Dish Home

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले उक्त एप्सको शुभारम्भ गरे । प्रहरी नायब महानिरीक्षक पालले लामो दूरीका सवारीसाधनमा एक मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सवारीसाधनले दुई चालक राख्नुपर्ने बताए ।

दुई चालक राखे-नराखेको पत्ता लगाउनकै लागि यो एप्सको निर्माण गरिएको बताउंदै उनले यो एपमार्फत त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको प्रदेश नं २ का ट्राफिक प्रहरी प्रमुख किरण बर्जाचार्यले जानकारी दिए

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top