उपरथीलाई व्यक्तिगत आक्षेप लगाएपछि कर्णेल सैनिक हिरासतमा, जागिरबाट बर्खास्त हुन सक्ने


काठमाण्डु– नेपाली सेनाका कर्नेल चन्द्रप्रकाश चापागाईं र अन्य पांच जनामाथि कोर्टमार्शल भएको छ । चापांगाईमाथी सैनिक अनुशासन र आचरण विपरितको काम गरेको आरोप छ । त्यसका साथै उनीमाथी आर्थिक अनियमिततामा संलग्न भएको आरोपमा समेत छानविन भइरहेको छ ।

सेनाका उपरथी सरोजप्रताप राणाको नेतृत्वमा उनिहरुमाथी छानविन चलिरहेको छ । छानविनको टिममा सहायकरथी सुशील भण्डारी समेत छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनपछि कर्णेल चापागांईलाई सैनिक हिरासतमा राखिएको हो ।

महासेनानी चापांगाईले मिशनमा रहेका बेला अवकासप्राप्त उपरथी रघु भण्डारी र सेनामै रहेकी उनकी छोरी र ज्वांईलाई व्यक्तिगत आक्षेप लगाएको आरोपमा सुरुमा छानविन भएको थियो । पछि छानविन आर्थिक अनियमिततामा केन्द्रित भएको सैनिक स्रोत बताउंछ । सेनाका अर्का एक उपरथी पनि यसप्रकरणमा जोडिएका छन् । तर,उनीमाथीको छानविन भने अहिले भएको छैन ।

कोर्टमार्शलअन्तर्गत हाल सेनाको हिरासतमा रहेका कर्णेल चापागांईमाथी भएकोे सैनिक अदालतको छानबिनको निर्णय आज भोलीमै आउने सैनिक स्रोतले जानकारी दिएको छ । उनलाई बर्खास्ती गर्ने गरी फैसला तयार भएको बताइएको छ ।

चापांगाई लेबनानमा हुंदा उनले आफूभन्दा उपल्लो तहका हाकिम भण्डारीलाई आक्षेप लगाएर सामाजिक सञ्जालमो ग्रुप म्यासेजसमेत पठाएका थिए । ३९ बेसिक ग्रुपमा उक्त म्यासेज पठाइएको थियो । छानविनको सुरुवात त्यही विषयलाई लिएर भएको थियो । अहिले चापांगाईसहित ५ जनालाई उक्त म्यासेजको विषयलाई भन्दा आर्थिक अनियमितताको विषयलाई लिएर भइरहेको हो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लव पौडेलले महासेनानीमाथी छानविन चलिरहेको भन्दै त्यसको फैसला आएपछि मात्र केही भन्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement