डारफोरमा रहेका शान्ति सैनिक फिर्ता


एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गत डारफोरमा रहेका शान्ति सैनिकहरु मिसनबाट फिर्ता भएका छन् । डारफोरमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले सो कुराको जानकारी दिएका हुन् ।

उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए । उनका अनुसार शान्ति मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेको बताइएको छ । गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसंघीय मिसन शुरु भएको थियो ।

सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो । तर हिंसा जारी नै रहेकाले त्यहाँका अधिकारीहरुले हालसम्म यो मिसन जारी राखेका थिए । तर मंगलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका हुन् ।

गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मंगलबार सुडान छोडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement