नेपाली शान्ती सैनिक द्वन्द्वग्रस्त मुलुक माली र सेन्ट्रल अफ्रिका प्रस्थान


काठमाण्डु – नेपाली शान्ति सैनिकका दुई डफ्फा शुक्रबार द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मिशन सेन्ट्रल अफ्रिकन गणतन्त्रमा तैनाथ सैनिक प्रहरी युनिट छैठौं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा सातौं डफ्फाको ७२ जना नेपाली शान्ति सैनिक शुक्रबार अफ्रिकन रिपब्लिक प्रस्थान गरेका हुन् ।

त्यस्तै सातौं डफ्टालाई बदली गर्नका लागि प्रमुख सेनानी संगीत पुनको कमाण्डमा ई.ओ.डि. गुल्म आठौं डफ्फाको १३९ जना नेपाली शान्ति सैनिक मिशन मालीतर्फ प्रस्थान गरेको जंगी अड्डाले जानकारी दिएको छ । मिशनबाट आफ्नो कार्यकाल समाप्ती पश्चात नेपाली शान्ति सैनिकहरुको टोली आइतबार नेपाल आईपुग्नेछन् ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement