३३ अंकले बढ्यो सेयर बजार, साढे ७ अर्बको कारोबार

३३ अंकले बढ्यो सेयर बजार, साढे ७ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ३३ अंकले बढेर परिसुचक २६६४मा पुगेको छ । परिसुचक गत साउन ३० गते यताकै उच्च हो ।

यस्तै आज कारोबार रकम समेत बढेको छ । हिजो ५ अर्ब ८० करोडको कारोबार भएकोमा आज ७ अर्ब ४५ करोडको भयो ।

आज कारोबारमा आएका २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा यसदिन लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पार, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर, कुमारी बैंक अगाडि रहे ।

आज बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो भने बुटवल पावरको १० प्रतिशत बढ्यो ।

यसदिन व्यापार बाहेक सबै समूहगत सूचक बढेका छन् । व्यापार ०.४४ प्रतिशत घट्यो भने बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे ।