सेयर लगानीकर्तालाई परिचयपत्र दिने तयारी, यस्तो छ परिचयपत्रको फाईदा ?


काठमाडौं – सेयर लगानीकर्तालाई परिचयपत्र दिईने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर लगानीकर्तालाई परिचयपत्र दिनको लागी सफ्टवेयर निर्माण कार्य सुरु गरिसकेको छ ।

त्यसका लागी सीडीएसले धितोपत्र बोर्ड र नेप्सेसंग समेत छलफल गरेको छ । सीडीएसले दुई महिना भित्र नै परिचय पत्र वितरण गर्ने दावी गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले लगानीकर्तालाई दुई महिना भित्र परिचयपत्र उपलब्ध गराउने बताए ।

सीडीएसले परिचयपत्र जारी भएपछि यसबाट डाटावेस तयार पार्न सजिलो हुनुका साथै सेयर लगानीकर्तालाई समेत सुविधा हुने दाबी गरेको छ । प्रवक्ता न्यौपानेकाअनुसार परिचयपत्र लिएपछि सेयर लगानीकर्ताले जुनसुकै ब्रोकर कम्पनीमार्फत पनि कारोबार गर्न सक्नेछन् ।

सेयर बजारमा अहिले जुन ब्रोकर कम्पनीमा खाता हुन्छ त्यसैमा गएर कारोबार गर्नुपर्ने बाध्यता छ । यो नियमले गर्दा सेयर लगानीकर्ताहरुलाई अफ्ठेरो समेत परेको छ । परिचयपत्र वितरणपछि यसले सेयर कारोबारमा थप सजिलो बनाउने आशा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement