घटेर २७२८ मा झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

घटेर २७२८ मा झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से ८ अंकले घटेर परिसुचक २७२८ मा झरेको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब बराबरको कारोबार भएकामा आज ३ अर्ब ९० करोडको कारोबार भयो ।

कारोबारमा आएका ८२ कम्पनीको मूल्य बढेको छ भने १७८ कम्पनीको घटेको छ । यस्तै आज १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कारोबार रकमका आधारमा सीटी होटल, सेन्ट्रल फाइनान्स अगाडि रहे ।

यसदिन सोपान फार्मास्यूटिकल्स लिमिटेड र एपोलो हाइड्रोका् सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्यो भने सबैभन्दा धेरै सप्तकोशि डेव्लप्मेन्टको मूल्य १३ प्रतिशतले घट्यो ।

आज होटल पर्यटन र उत्पादन प्रशोदन बाहेकका सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै फाइनान्स र व्यापार सूचक १ प्रतिशतले घटे ।