बेहुली जस्तै सजाएर अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार(हेर्नुस् तस्वीरमा)


एजेन्सी- भारतीय फिल्म जगतकी अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार सम्पन्न भएको छ । २४ फेब्रुअरीमा उनको निधन भएको थियो । दुबइमा जांच प्रक्रिया र पोस्टमॉर्टमपछि मंगलवार राति अभिनेत्रीको शव मुंबई ल्याइएको थियो । बुधवार उनको राजकीय सम्मानका साथ अंतिम संस्कार  गरिएको छ ।

मुंबईको विले पार्ले शमशान भूमिमा श्रीदेवीको अंतिम संंस्कार गरिएको हो ।

उनको पार्थिव शरीरलाई बेहुली जस्तै सिंगारेर अन्तिम संस्कार गरिएको छ । श्रीमान बोनी कपूरले दिवंगत अभिनेत्रीको चितामा दागवत्ती दिएका छन् ।

श्रीदेवीको अन्तिम यात्रामा लाखौं फ्यान जम्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement