श्रीलंकामा संकटकाल घोषणा


कोलम्बो- श्रीलंकामा सरकारले संकटकाल घोषणा गरेको छ। मस्जिद र मुसलमान समुदायका दोकानमा बारम्बार हमलापछि संकटकाल घोषणा गरिएको हो ।

बीबीसीले जनाएअनुसार क्यान्डी सहरका केही इलाकामा कर्फ्यु लगाइएको छ । श्रीलंकामा सरकारले दश दिनसम्मका लागि संकटकाल घोषणा गरेेको सरकारका प्रवक्ता दयासिरी जयसेकराले बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आपतकालिन अवस्था सिर्जना भएको घोषणा गर्ने निर्णय  गरेको हो । साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

बौद्धमार्गी सिंहाली समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुस्लिम विरोधि हमला भएका थिए ।

क्यान्डीमा  केही दिनयता सिंहाली समुदायले मुस्लिम समुदायका मस्जिद, दोकान, र घरमा आगजनी गर्दै आतंक मच्चाउँदै आएका छन् ।

तस्वीरः एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement