गायिका अधिकारीले ल्याइन् नाचौँ नाचौँ लाग्ने तीज गीत ‘क्यारम मायालाई’ (भिडियो सहित)


काठमाडौँ  – लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् ।पानको मिसीको सफलतापछि आफ्नो आठौँ गीतका रूपमा उनले क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

उनको एकल स्वरमा सुसज्जित गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा सञ्चारकर्मी रामकुमार शाहीले साथ दिएका छन् । शिव हमालको शब्द र लय रहेको गीतको निर्देशन गणेश पाण्डेले गरेका हुन् ।

प्रकाश भट्टको कोरियोग्राफी आकर्षक छ । यसै गरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो ।

गीतको सम्पादन विष्णु शर्मा र सङ्गीत संयोजन कृष्ण विकले गरेका छन् । तीजका नाममा अनेक विकृति फैलिरहेका बेला आफ्नो मौलिक गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल हुने सुनिता बताउँछिन् ।

हेर्नुस् भिडियो:

प्रतिक्रिया दिनुहोस
Advertisement