‘हाउडेमाया’को मिठो बोलिको चर्चा (भिडियो सहित)


काठमाडौँ- भनिन्छ नाम अनुसारको काम हुन्छ तर यो सबैमा लागू भने नहुने रहेछ । पछिल्लो समय नब उदायमान गायिका हुन सृजना खत्री उर्फ ‘हाउडेमाया’ ।

नाम हाउडेमाया भएपनी स्वभाव भने निकै मिजासिली गायिका मानिन्छिन सृजनालाई । सिन्धुपाल्चोकबाट एउटा सफल कलाकार भने उदेश्यले राजधानी छिरेकी हाउडेमाया यति खेर ‘मीठो बोली’ले नामक गीत बजारमा लिएर आएकी छिन ।

युवा बर्गको मन मस्तिष्कमा बस्न सफल गायिका खत्रीको यो नै पहिलो गीत भने होइन ‘हाउडेमाया’, शिरैमा सिन्दुर , लाहुरेमाया जस्ता गीतले दर्शक श्रोताको मन जितेकि खत्रीको लाहुरेमायाको अपार सफलता पछि मीठो बोलिले बजारमा ल्याएकी हुन ।

तृसना म्यूजिकको ब्यानरमा बजारमा आएको मीठो बोलिले को शब्द सृजना स्वयमकि रहेको छ भने संगीत मनोज राज सिवाकोटीले भरेका हुन । युवराज वाइवा को निर्देशन रहेको म्यूजिक भिडियोमा रोसनी जुना र नबिनाको उत्कृष्ट नृत्य रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस
Advertisement