सिता खड्काको ‘ओ प्रभु सरकार’ तिज गीत सार्वजनिक


काठमाडौं -शुदुरपश्चिमकी चर्चित लोकदोहोरी गायिका सिता खड्काको ‘ओ प्रभु सरकार’ तिज गीत सार्वजनिक भएको छ । शुदुरपश्चिममा रहेको ब्याप्त बेरोजगारीका कारण लोग्ने स्वास्नीविचको घरझगडालाइ भिडियोमा मार्मिक रुपमा प्रस्तुत गरीएको छ ।

सिता खड्काकै शब्द संगीतमा तथा स्वरमा टंक तिमील्सीनाले गीतमा साथ दिएका छन् । गीतको भिडियोमा हाँस्य कलाकार दिलीप डाउका, सिता खड्का, विना रोकाय र सुन्दर बोहोराको अभिनय रहेको छ।

निर्देशक चक्र अवस्थीद्वारा निर्देशित गीतको भिडियोको छायांकन शतिश सिन्हा र विशेष सहयोग दमन रसाइलीले गरेका छन्। विनोद विसीको नृत्य निर्देशनमा एलिस ईन्टरटेनमेन्टको प्रालिले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement