आइतबारबाट अनलाइन स्मार्ट लाइसेन्स खुल्दै


काठमाडौं –  झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको आवेदन आइतबारबाट खुल्ने भएको छ । प्रदेश २ का लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयमा साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

प्रदेश २ ले भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी दिए । प्रदेश २ मा भने केही समय लाग्न सक्छ ।’

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक एकवटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । आइतबारबाट काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् ।

विभागले झण्डै एक महिनाअघिबाट हिसाव मिलानका लागि भन्दै नयाँ लाइसेन्सको वितरण रोकेको थियो । प्रदेश २ले भने लाइसेन्स वितरणको व्यवस्थापन गरेर मात्रै वितरण थाल्ने योजना बनाएको छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement