राजनीतिक साइनोमा कलाकार : मनिषा कोइरालापछि स्मिता दाहाल चर्चामा !


काठमाडौं – नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद (वीपी) कोइराला परिवारको योगदानजस्तै गणतान्त्रिक आन्दोलनमा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योगदान महत्वपूर्ण छ । गणतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सहकार्य नै गरे ।

राजनीतिमा स्थापित कोइराला परिवार र प्रचण्डसँग साइनो जोडिएका २ जना महिला कलाकारितामा समेत स्थापित देखिएका छन् । वीपी कोइरालाकी नातिनी मनिषा कोइराला बलिउडमा चर्चित नायिकाभित्र पर्छिन् । नायिका मनिषा वीपीका छोरा प्रकाश कोइरालाकी छोरी हुन् ।

केन्द्रीय राजनीतिमा हाल बलियो स्थान ओगटिरहेका प्रचण्डकी नातिनी स्मिता दाहाल पनि श्वर संसारमा चर्चित भएकी छन् । स्मिताको श्वरमा सार्वजनिक भएको ‘पानी कुवाको’ बोलको गीतले बजार कब्जा गरेको छ । स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन् ।

राजनीतिक परिवारका सदस्यहरूले शक्तिको दुरुपयोग गर्ने गरेको आरोप लाग्ने गरेका बेला स्मिता दाहाल भने आफ्नै कला र गलाका माध्यमबाट स्थापित हुन खोजिरहेकी छन् । १६ वर्षको कम उमेरमै स्मिता यू–ट्यूबमा भाइरल भएकी छन् । गायिका स्मिता दाहालको ‘पानी कुवाको’ गीतको म्युजिक भिडियो यू–ट्युबमा नेपाली गीत ट्रेन्डिङको पहिलो नम्बर र सबै भिडियोमध्ये दोस्रो नम्बरमा पुगेको छ ।

स्मिताले यसअघि ‘नेपालको पानी जनताको लगानी’ नामक गीतमा श्वर दिइसकेकी थिइन् । स्मिताको एकल श्वरमा रहेको गीतिसंग्रह समेत सार्वजनिक भइसकेको छ । गायन यात्रालाई निरन्तरता दिएका कारण स्मिता कलाकारितामा स्थापित हुँदै गएकी छन् । कोइराला परिवारमा जन्मिएकी नायिका मनिषा पनि निरन्तरको संघर्षले बलिउडमा स्थापित छिन् ।

गत सोमबार सार्वजनिक भएको स्मिताको श्वरमा रहेको गीतको भिडियो लोकप्रिय भएको छ । सञ्चारमाध्यममा प्रचण्डकी नातिनी भनेर समाचार सार्वजनिक हुने गरेपनि स्मिता आफूलाई गायिकाको रुपमा चिनाउन चाहन्छिन् । स्मिताले बाल, राष्ट्रिय, आधुनिक तथा फिल्मी गरी हालसम्म ५५ भन्दा बढी गीतमा श्वर दिइसकेकी छन् ।

स्मिता दाहालको पछिल्लो गित युटयुवमा –

प्रतिक्रिया दिनुहोस
Advertisement