नेपालमा पुन: पश्चिमी वायु सक्रिय, वर्षासँगै हिमपातको सम्भावना


काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभाव जारी रहँदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

महाशाखामा अनुसार आज पनि देशको उच्च पहाडी/हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना देखिएको छ । हिउँदको पानी र हिमपातका कारण चिसो बढ्ने महाशाखाको अनुमान छ ।

तीन दिनको मौसम पूर्वानुमान
पुस ५ गते (शनिबार)

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भु-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ । देशका उच्च पहाडिरहिमालि भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ । देशका उच्च पहाडी/हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पुस ६ गते (आइतबार)
दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ ।

राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस ७ गते (सोमबार)
दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement