सुत्केरी बिदा ६ महिना पुर्‍याउने तयारी, बाबुलाई ४२ दिन स्याहार बिदा दिइने

सुत्केरी बिदा ६ महिना पुर्‍याउने तयारी, बाबुलाई ४२ दिन स्याहार बिदा दिइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले महिलालाई ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउने गरी कानून संशोधनको तयारी थालेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सामाजिक सञ्जालमार्फत सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न लागिएको जानकारी दिएकी हुन्।

प्रस्तावित संशोधनअनुसार सुत्केरी आमालाई ६ महिनासम्मको तलबी बिदा दिने व्यवस्था गरिनेछ। यस्तै, बच्चा जन्मिएपछि आमाको स्याहार तथा परिवारलाई सहयोग गर्न बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

मन्त्री गौतमका अनुसार ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ। अब मस्यौदालाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसदमा दर्ता गर्ने तयारी छ।

उनले लेखेकी छिन् ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौँ। विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ। सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो।’