दक्षिण कोरियामा आगलागी ४० बढीको मृत्यु


दक्षिण कोरिया – दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ४० जना भन्दा बढीको मृत्यु भएको छ ।सो आगलागीमा अन्य दर्जनौं घाइते भएका छन् ।

देशको दक्षिण पूर्वी क्षेत्रमा रहेको मिलयङस्थित भवनको एउटा आपतकालीन कक्षबाट शुरु भएको सो आगो निभाउन अग्नी नियन्त्रकहरूले कैयौं घण्टा लागेको थियो

आगलागीको समयमा उक्त अस्पतालमा झण्डै दुई सय मानिसहरू रहेको ठानिएको छ । धैरै जना वृद्ध नागरिकहरू त्यसबेला नर्सिङ सेवा उपलब्ध गराउने संगैको अर्को भवनमा थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सरकारको तत्कालको प्रतिक्रियाबारे एउटा आपतकालीन बैठक आह्वान गरेका थिए । उनले उद्धार तथा खोजमा सम्पूर्ण श्रोत साधन प्रयोग गरेर जीवन रक्षा गर्न निर्देशन दिए ।

यो दक्षिण कोरियामा एक महिना भन्दा अलि बढी समयको अन्तरालमा भएको दोस्रो ठूलो आगलागीको घटना हो ।

डिसेम्बरमा एउटा ’फिटनेश सेन्टरमा आगलागी हुँदा २९ जनाको ज्यान गएको थियो ।
वीवीसी

प्रतिक्रिया दिनुहोस
Advertisement