प्रदेश नं ५ को प्रदेशसभामा प्रधानमन्त्रीले अार्इतबार विषेश सम्बोधन गर्दै


रुपन्देही- प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नेभएका छन् । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।

‘देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो’ प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भने । उनले  प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement