कामु एसएसपीमा बढुवा भएका ७ एसपीले लगाए दज्र्यानी चिन्ह


काठमाण्डु- सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ७ जना बरिष्ठ अधिकृतहरुलाई दज्र्यानी चिन्हबाट शुसोभित भएका छन् ।

स्वयम्भूस्थित सशस्त्र प्रहरी बल मुख्यालयलमा आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले ७ जनै अधिकृतहरुलाई दज्र्यानी चिन्ह लगाएका हुन् ।

गृहमन्त्रीस्तरको बैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुंवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई.प्रमोद कुमार साह बढुवा भएका थिए ।

त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर भएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक केसीले पदोन्नती भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई बधाई दिनुका साथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

केसीले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत फौजी अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त विविध जिम्मेवारीमा कृयाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement