प्रसिद्ध वैज्ञानिक ​स्टेफेन हकिङको निधन


एजेन्सी –प्रध्यापक तथा भौतिक शास्त्री स्टेफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले विज्ञप्ति निकालेर हकिङको निधनको पुष्टि गरेको हो ।

हकिङका छोरा छोरी लुसी, रोबर्ट र टिमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बुवाको निधनप्रति हामी दुखी छौँ । उहाँ ठूलो वैज्ञानिक तथा अस्वभाविक व्यक्तित्व हुनुहुन्थ्यो । जिवित आइन्स्टाइनको उप–नामबाट चिनिने प्रसिद्ध बेलायती भौतिकशास्त्री स्टेफेन हकिङको जन्म सन् १९४२ जनवरी ८ मा इङल्याण्डको आक्फोर्ड शहरमा भएको थियो ।

अक्सफोर्डमा भौतिकशास्त्र अध्ययन गरेका हकिङले क्याम्ब्रिज विश्वविद्यालयबाट विश्व ब्रह्माण्डको एकलयता सिद्धान्तमा पिएचडी गरेका थिए । उनी विद्यार्थी अवस्थादेखि नै एक प्रकारको नसासम्बन्धी रोग ‘एएलएस’बाट ग्रसित थिए ।उनी शरिरका कुनै पनि अंग चलाउन सक्दैनथे र बोल्न पनि सक्दैनथे ।

शारिरीक अशक्तताको बाबजुद पनि सैद्धान्तिक भौतिकशास्त्र जस्तो जटिल विषयमा अनुसन्धानरत उनी ह्विलचियर, कम्प्युटर र आवाज संश्लेषक यन्त्रको मद्दतले विश्व विद्यालयमा प्रबचन दिने गर्दथे । हकिङले मानिसले उपनिवेश बसाउन सुरु गर्नका लागि चन्द्रमा र मंगलग्रह सबैभन्दा उत्तम स्थान बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement