बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने : मन्त्री महासेठ


काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताएका छन् । विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने भन्दै बैशाखबाट अध्ययन हुने दावी गरेका हुन् ।

‘बैशाखको पहिलो साताबाट नै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौँ ‘ उनले भने । भारत भ्रमण दलका सदस्यसमेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारत र नेपाल दुवै देशका प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि/सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले आफूहरु भारतसँग भएका सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको दावी गरे ।

मन्त्री महासेठले प्रधानमन्त्री  केपि शर्मा अाेलीकाे तीनदिने भारत भ्रमण सफल र उपलब्धिमूलक भएको भन्दै भने ‘भ्रमणको दौरानमा भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको भएकाे छ ।’ भारतसँग विगतमा भएका कुरा बिर्सिएर अब नयाँ ढंगले अघि बढ्ने समझदारी भएको पनि उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement