सूदूरपश्चिमका गायक पुष्पको देउडा गीत ‘चौखुट्टेया कि भगी’ (भिडियोसहित)


काठमाडौं – मोडेल तथा गायक पुष्प कुँवरले सांगीतिक क्षेत्रमा ह्याट्रिक गरेका छन् । आफनै लय शब्द तथा अभिनय गरेको देउडा गीत चौखुट्टेयाकी भागीले अहिले चर्चामा आइरहेको छ ।

नयाँ देउडा गीत ‘चौखुट्टेया कि भगी’ देउडा गीत भिडियोसहित आइतबार सार्वजनिक भएको थियो ।सुदुरपश्चिमको रितीरिवाज,रहन सहन मौलिक कला तथा संस्कृति झल्किने यो गीतले अहिले युटुयुबमा चर्चा पाईरहेको छ । उक्त गीतमा चर्चित गायिका शोभा थापा र अर्जुन भुलेको स्वर रहेको गीतको लय शब्द मोडेल कुँवरले आफै नै गरेका छन् ।

आफनै लय शब्दमा तयार भएको देउडा गीतमा मोडेल पुष्प कुँवर र चर्चित मोडेल रोजी कुँवरले अभिनय गरेका छन् । करिब आधा दर्जन गितमा अभिनय गरिसकेका कुँवर अव देउडा गीतमा ह्याट्रिक समेत गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement