यसै मंसिरमा विवाह बन्धनमा बाँधिँदै गृहमन्त्री गुरुङ

यसै मंसिरमा विवाह बन्धनमा बाँधिँदै गृहमन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले यसै मंसिर महिनामा विवाह गर्न लागेका छन् ।

विदेशमा बसेर त्यहाँको नागरिकता त्यागी नेपाल फर्केकी युवतीसँग उनको परम्परागत विवाह हुन लागेको हो । उनको विवाह गोर्खाबाट हुन लागेको उनको सचिवालयका एक सदस्यले काठमाण्डुपाटीलाई जानकारी दिए ।

उनको सचिवालयका ती सदस्यका अनुसार अरु सबै कुरा अहिले खोल्न मिल्दैन । ‘मंसिरमै विवाह गर्ने तयारी भएको हो, सायद २५ गतेभन्दा अगाडि नै हुनसक्छ । सबै कुरा अहिले खोल्न मिल्दैन,’ ती सचिवालयका सदस्य भन्छन्, ‘परम्परागत तरिकाले विवाह गर्न लाग्नुभएको हो । अरु विषय चाहिँ हामीलाई पनि धेरै थाहा छैन ।’

गुरुङले केही वर्ष अगाडि नै कानुनी विवाह सकेर अब सामाजिक परम्पराअनुसार विवाह गर्न लागेका बताइन्छ । तर यसबारे सचिवालयका सदस्यलाई सोध्दा अनविज्ञ भएको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धेरै सांसदहरू अविवाहित छन् । बिहीबार पार्टी सहमहामन्त्री निशा डाँगी र पूर्व महामन्त्री मुकुल ढकालले झापामा विवाह गरेका छन् । यस्तै केही दिन अगाडि सांसद अप्सना बानुले पनि विवाह गरेको जानकारी उनी निकट नेताहरूले सामाजिक सञ्जालमा राखेका छन् ।