सुदुरपश्चिमको संस्कृति झल्काउने शोभा थापाको देउडा गीत ‘कच्चयोका भिनाजुले’ सार्वजनिक


कठमाडौं– लोक तथा देउडा गायिका शोभा थापाको ‘कच्चयोका भिनाजुले’ भन्ने बोलको नयाँ देउडा गीत सार्वजनिक भएको छ । उनलाई गायक हिमाल नेपालीले साथ दिएका छन् ।

सुदुरपश्चिमको मौलिक कला संस्कृति झल्किएको देउडा गीत ‘कच्चयोका भिनाजुले’ युटुवमा पनि सार्वजनिक भएको छ । भिडियो गीतमा हिमानी ढुङाल र मधुकर थापाले अभिनय गरेका छन् ।

गायिका थापाले पछिल्लो समय सुदुरपश्चिमको कला र संस्कृति देउडा गीत लोप हुन लागेको र सकेसम्म सुदुरपश्चिमको लोक संस्कृति जोगाउन यो गीत सृजना गरेको बताइन् ।

उनले हजारौं लोक गीत गाइसकेकी छन् । उनले भनिन,‘ सुदुरपश्चिमको कला संस्कृतिलाई जोगाई राख्न विभिन्न समयमा समय सान्दर्भिक गीतहरु सिर्जना गर्छु, यहाँको कला संस्कृतिलाई परिचित गराउन सांगीतिक क्षेत्रमा निरन्तर लागिरहने छु ।’

देउडा गीत भन्ने वित्तिकै यसले सुदुरपश्चिमको संस्कृतिलाई झल्काउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement