सभापति बन्ने लोभमा देउवाले कांग्रेस सिध्याए : सुजता कोइराला


बुटवल – प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् ।

प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति बन्ने लोभमा देउवाले कांग्रेसमा आन्तरिक विवाद बढाएको भन्दै फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको आरोप लगाइन् ।

‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ, अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् ।’ पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement