लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी जारी

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु– लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जनमतकी समानुपातिक सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएकोपछि सुमन फरार रहेकी छिन् ।

अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ ।

पर्सा पोखरियाकी जनमतकै नेतृ आशा कुमारी चौहान सँग सुमनले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन । फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो ।