प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई शुक्रबार


काठमाण्डु –प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्धाको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा बुधबार भएको सुनुवाइ जारी रहेकाले हेर्दाहेर्दैमा राखिएको हो । अब अर्को सुनुवाई भने आगामी शुक्रबारका लागि तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको थियो ।

आजको इजलासमा रिट निवेदकतर्फबाट बहस गर्ने अधिवक्ताहरुले मुद्दाको फैसला पूर्ण बृहत् इजलाशबाट हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement