काठमाण्डु – नेकपा एमालेको माधव नेपाल पक्षकाे केन्द्रीय कमिटीको बैठकमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् । केहिबेर अघि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु भएको बैठकमा दुबै नेता अनुपस्थित भएका हुन् ।
यसअघि आजै नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकमा पनि ती दुबै नेताहरु सहभागि भएका थिएनन् । पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुन् ।
आजको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकबाट भएका निर्णयबारे छलफल हुने जनाइएको छ । नेता भीम आचार्यले पार्टी एकताको विकल्प नभएको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बाहिर जथाभावी बोल्दै हिँड्दा एकतामा असर परेको बताएका छन् ।
प्रतिक्रिया