राज्यमन्त्री यादव अस्वस्थ, वीर अस्पताल भर्ना


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । मेरुदण्डमा समस्या आएपछि उपचारका लागि उनी वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका हुन् ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवका अनुसार हिँड्डुल गर्नै नसक्ने अवस्थामा रहेका राज्यमन्त्री यादवको वीर अस्पतालका नशा रोग विशेष राजीव झाको टोलीले उपचार गरिरहेको छ । उनी भोलीसम्म डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।

पछिल्लो केही समयदेखि अस्वस्थ रहेका राज्यमन्त्री यादव सुरुमा नर्भिक अस्पतालमा उपचारका लागि गएका थिए । केही दिन अस्पताल बसेरै उपचार गर्नुपर्ने भएपछि राज्यमन्त्री यादव वीर अस्पतालमा भर्ना भएको निर्देशक यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement