बलिउडकी चर्चित हट नायिका सन्नी लियोनी नेपाली फिल्म खेल्दै


काठमाडौं –  बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अब एक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनी फाइनल भैसकेकी छिन् । उनले महंगो रकम लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ ।

बलिउड र नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् । चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ ।

विक्रम जोशीले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रमा विक्रमको पनि अभिनय रहनेछ । नेपाली र बलिउड चलचित्र र संकृतीलाई एकसाथ जोड्नका लागि यो चलचित्र निर्माण गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतदेखि नै लगिनेछ । नायिका सन्नी लियोनी केही दिनमा लण्डन पुग्नेछिन् । नायक शाहीले आफू पनि केही दिनमा लण्डन उड्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement