कार बम विस्फोटमा परी दुई प्रहरीको मृत्यु, चार तालिबान लडाकू पक्राउ


अफगानिस्तान -अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा बुधबार सीमा क्षेत्रमा रहेको एक प्रहरीचौकीमा भएको आत्मघाती बम आक्रमणमा परी दुई प्रहरीको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।

स्थानीय समयानुसार बुधबार बिहान ८ः३० बजे यो प्रान्तीय राजधानी लासकार घाको पश्चिमी भागमा सो विस्फोट भएको प्रवक्ता ओमर जवाकले जानकारी दिए । तालिबान आतङ्ककारी समूहले विफोस्टक पदार्थ बोकेर एक मिनी बस प्रहरी जाँच चौकीको आगाडिको गेटमा नै विस्फोट गराएका थिए ।

सन् २०१४ को अन्त्यमा नेटो आवद्ध सैनिकले अफगानिस्तानको युद्ध आफूहरु युद्धभूमिमा गएर युद्ध नगर्ने घोषणा गर्दै आ–आफ्नो देश फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा सबै अफगान सुरक्षा अधिकारीहरुमा आएको थियो । सन् २०१५ बाट सुरक्षाको जिम्मा सबै आफ्नै काँधमा आएपछि अफगान सुरक्षा अधिकारीहरुको हताहत सङ्ख्या बढेको छ ।

यसैबीच अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको प्रान्तीय राजधानी पुल ए खुम्रीमा तालिबान आतङ्ककारीविरुद्ध कारबाही गरिरहेका अफगान सुरक्षा अधिकारीहरुले तालिबानका प्रमुख कमाण्डरसहित चार जनालाई पक्राउ गरेका छन् ।

प्रहरी प्रवक्ता नुसरातुल्लाह जमसिदीले उनीहरुलाई पक्राउ गरिनु ठूलो उपलब्धि भएको बुधबार जानकारी दिनुभएको छ । तालिबानका प्रमुख करी बख्तियारसहित चार जना पक्राउ परेको जमसिदीले बताए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement