तारा एयर जहाज दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने


काठमाण्डु –  तारा एयको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने भएकाे छ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । अहिले त्यहाँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् ।

आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयबासीको टोलीले भेटाएका हुन् ।

कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको छ। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ ।

१९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो । खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा जहाज दुर्घटना भएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement