तारा एयरको जहाज मुस्ताङको ल्याङकुखोलामा भेटियो


पोखरा-  आइतबारबाट हराइरहेको तारा एयरको जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो ।

नेपाली सेनाको मध्यकमाण्डका कमाण्डर उपरथी बावुराम श्रेष्ठले जहाज ल्याङकुखोलामा दूर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए । उनले स्थलमार्गबाट गएको टोलीले जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटेको बताए । नेपाली सेनाको एम आई-१७ हेलिकोप्टर अहिले त्यसतर्फ गइरहेको छ ।

पोखराबाट जोमसोमका लागि आइतबार उडेको तारा एयरको जहाजमा १३ नेपाली, ४ भारतिय र २ जर्मन नागरिक थिए । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement