थासाङ गाउँपालिका अध्यक्ष भन्छन्ः मौसम निकै खराब भएर एकिन भएको छैन


काठमाण्डु पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै फेला पर्न सकेको छैन । उक्त विमान मुस्ताङकै थासाङ गाउँपालिको लेते डाँडा आस पासमा दुर्घटना भएको आशंका गरिएको छ ।

थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले सो विमानको खोजी भइरहेको बताए ।  मौसम प्रतिकुलले गर्दा हालसम्म विमानको जानकारी नपाइएको उनको भनाइ छ ।

काठमाण्डुपाटीको कुराकानीमा गौचनले भने, “मौसम निकै नै प्रतिकुल छ । बादलले गर्दा डाँडा पनि राम्रोसँग देख्ने अवस्था छैन् । अलि अलि पानि पनि परिरहेको छ । हामी लेतेमै बसिरहेका छौँ । ’

प्रतिक्रिया दिनुहोस
Advertisement