‘मानव तस्करी’को आरोप लागेकी राजदूत शेर्पाबारे छानविन गर्न काँग्रेसको माग


काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेका प्रश्नको सरकारसँग प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जवाफ मागेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले राजदूत शेर्पाको सम्बन्धमा केही समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको भन्दै निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई गम्भीर र दुःखद रुपमा लिएको बताएको छ ।

‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ,‘ अतः तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’

राजदूत शेर्पालाई फिर्ता बोलाउन सरकारमाथि सत्तारुढ नेकपाभित्रै दबाब बढेको छ । आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि विवादमा आएकी शेर्पालाई राजदूतबाट फिर्ता बोलाउनुपर्ने आवाज उठेको हो ।

नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको छ ।
चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका छन् । अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ ।

यो पनी पढ्नुहोस्

राजदूतको ‘मानव तस्करी’ धन्दा : सरकारले किन ‘एक्सन’ लिएन ? बर्खास्त गर्न माग

नेपाली राजदूतमाथि गम्भीर आरोप : के रहेछ पतिपत्नीको धन्दा ?

 

प्रतिक्रिया दिनुहोस
Advertisement