जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए


काठमाण्डु – काठमाण्डु तारा एयरको विमान मुस्ताङको लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । थासाङ गाउँपालिकाको लार्जुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको हो ।

उक्त जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार थिए ।

यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लागेका थिए । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाएका थिए । आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उनी जोमसोम जान लागेका थिए ।

यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भरेका थिए । बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गरेका थिए । सोही उडानमार्फत उनी जोमसोमतिर लागेका थिए ।

तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह(पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा थिइन् । उक्त विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement