पाटी एकता बारे बाेले खनाल भने ‘पचास–पचास प्रतिशतमा एकता हुने सहमति भएकाे छैन्’


विराटनगर- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने  भन्दै पचास–पचास प्रतिशतमा पाटी एकता हुने सहमति नभएकाे दावी गरेका हुन् ।

उनले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए । उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने दावी गरे ।

नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक भएकाे भन्दै सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि नहुने र असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुने बताए ।

नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको छ भन्दै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले दुर्त गतिबाट कार्य गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement